कांग्रेसमा नयाँ नेतृत्व अनिवार्य : प्रदीप पौडेल

by समतल अनलाइन
61Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नेतृत्व यथावत राखेर पार्टीप्रति आकर्षण बढाउन नसकिने नसकिने बताएका छन् । उनका अनुसार जेनजी आन्दोलनको मुख्य माग नै नेतृत्वमा रूपान्तरण भएकाले त्यसबिना पार्टीलाई अगाडि लैजान कठिन हुनेछ।

‘राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२’ अन्तर्गत ‘बदलिँदो राजनीति : सुधारतर्फ कि पतनतर्फ दल ?’ शीर्षकको छलफलमा बोल्दै पौडेलले कांग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको उल्लेख गरे । उनले आगामी निर्वाचनभन्दा अघि नै नेतृत्व परिवर्तनको प्रक्रिया र विधि स्पष्ट रूपमा तय गर्नुपर्ने सुझाव पनि दिए।

नेतृत्व परिवर्तनपछि जेनजी आन्दोलनले उठाएको दोस्रो मुख्य सर्त भ्रष्टाचार नियन्त्रण भएको भन्दै पौडेलले यसमा प्रभावकारी नीति बनाउनुपर्ने र पार्टी आफैँ पनि छानबिनका लागि सहयोग गर्न तयार हुनुपर्ने बताए।

यस्तै, उनले अहिले पार्टीभित्र नीतिगत पक्षमा गम्भीर हुन नसकेको कुरालाई सम्बोधन गर्ने र चुनावसम्म केही नगर्ने भन्ने खालको दुई मत रहेको पनि जानकारी दिए।

नेता पौडेलले सरकारमा भएको हिसाबले भदौ २३ र २४ गते भएको खबरदारी आन्दोलन कांग्रेस लक्षित पनि भएको कुरा पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने बताए।

सधैँ क्रान्तिको नेतृत्व गरेको कांग्रेसविरुद्ध जनता सडकमा आएको विषयलाई नेतृत्वले पार्टी बचाउनका लागि पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ।

You may also like