85
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीका महामन्त्री गगन थापालाई आगामी निर्वाचनमा सभापति र प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सार्नुपर्ने प्रस्ताव गरेका छन् ।
काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा बोल्दै मन्सुरले पार्टी नेतृत्वमा अब परिवर्तन आवश्यक भएको बताए । उनका अनुसार यदि नियमित महाधिवेशन सम्भव नभए पनि विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने समय आएको छ ।
मन्सुरले भने, ‘गगन थापा सभापति र प्रधानमन्त्रीका लागि उपयुक्त छन् भन्ने जनचासो बढ्दो छ। १४औँ महाधिवेशनमा उनी ठूलो मतान्तरले महामन्त्री बनेका थिए, अहिले पनि विशेष महाधिवेशनका पक्षमा ५४ प्रतिशतले हस्ताक्षर गरेका छन्।’
१४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयी भएका मन्सुर अहिले भने थापाको पक्षमा खुलेका छन् ।




