संसद पुनर्स्थापना गरी संविधान संशोधन गरेर जेनजीको माग सम्बोधन गरौँ : भण्डारी

by समतल अनलाइन
56Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एक साताको लागि संसद पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार संसद पुनर्स्थापना गरेर जेनजीका मागहरू सम्बोधन गर्न सकिनेछ।

पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै भण्डारीले कांग्रेस सरकार रहेको समयमा भएको जेनजी आन्दोलनप्रति पार्टीले आत्म समीक्षा गर्नुपर्ने बताए।

कांग्रेस सहभागी सरकार भएको बेलामा जेनजीले गरेको तयारी र भदौ २४ को विध्वंसको ख्याल सरकारलाई नहुनुलाई उनले आश्चर्य व्यक्त गर्दै भण्डारीले भने, ‘यसमा आफैँले लाज मानेका छैनौ यो सबैभन्दा ठूलो दुर्भाग्य हो ।’

भण्डारीले पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो जिम्मेवारीप्रति आत्मालोचना नगर्नु दुःखद भएको उल्लेख गर्दै जिम्मेवारीको अनुभूति बिना पार्टीले जनताको भरोसा जित्न नसक्ने बताए ।

उनले नेकपा नेतृत्वको सरकारले संसद विघटन गरेको बेला नेपाली कांग्रेसले चुनावमा जाने निर्णय लिनुपर्ने धारणा राखेको पनि बैठकमा स्मरण गरे ।

You may also like