दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन

by समतल अनलाइन
47Shares

नवलपरासी (पूर्व) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड आगामी दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ। नारायणगढ–बुटवल सडक विस्तारसँगै सो खण्डमा कल्भर्ट निर्माण कार्य तीव्र रूपमा चलिरहेको भएकाले यस्तो व्यवस्था गरिएको हो।

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै दाउन्नेमा आवश्यक संरचना निर्माणका कारण सडक एकतर्फी सञ्चालन गर्नुपर्ने अवस्था आएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार निर्माण कार्य सम्पन्न नभएसम्म सो खण्डमा दुईतर्फी सवारी सञ्चालन रोकिएको छ।

उनका अनुसार, “कल्भर्ट निर्माण तीव्र गतिमा भइरहेको छ। दुईतर्फी सवारी सञ्चालन हुँदा काम प्रभावित हुने भएकाले हाललाई एकतर्फी मात्र सञ्चालन गरिएको हो,” उनले भने। आयोजनाका अनुसार, पुस १५ गतेसम्मका लागि दाउन्ने सडक एकतर्फी रूपमा सञ्चालन हुनेछ।

You may also like