102
काठमाडौँ । नेपाल प्रहरीले पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदमा बढुवा गरेको छ । बढुवा हुने एसएसपीहरूमा भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहेका छन्।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार उनीहरू सोमबार पदस्थापन पनि भइसकेका छन् । गृह मन्त्रालयको निर्णयअनुसार डिआइजी खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), भट्टराईलाई अपराध अनुसन्धान विभाग, अधिकारीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी, खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा जिम्मेवारी तोकिएको छ।
उनीहरूको बढुवा सिफारिस कार्तिक ९ गते गरिएको थियो ।




