दैनिक एक हजार मात्र राहदानी वितरण गरिने

by समतल अनलाइन
36Shares

काठमाडौँ । राहदानी विभागले दैनिक एक हजार राहदानी वितरण गर्ने जानकारी दिएको छ । विभागले आजदेखि साँझ ५ बजे दैनिक सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक एक हजारलाई अपोइन्टमेन्ट स्लटहरू खोल्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग २०८२ साउन महिनामा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौता अनुसार आगामी २०८२ फागुन ११ बाट राहदानी सेवा शुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण सम्बन्धी कार्य भइरहेको जानकारी दिएको छ ।

त्यस्तै नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने ह्याण्डओभर-टेकओभरको अवस्थामा उत्पन्न हुने सङ्क्रमणकालीन अवस्था तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च माग लगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जानकारी दिएको छ । साथै उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको जनाएको छ । साथै विभागले अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन गर्नु भै सहयोग गर्न अनुरोध गरेको छ ।

त्यसैगरी विभागले राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन र राहदानीसम्बन्धी कुनै जिज्ञासा, समस्या वा गुनासो भएमा विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।

You may also like