रोजगारी सिर्जना गफले होइन, उत्पादनले सम्भव हुन्छ : हर्क साम्पाङ

by समतल अनलाइन
235Shares

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले रोजगारी सिर्जना केवल भाषण र गफले सम्भव नहुने बताएका छन्।

आइतबार निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र प्राप्त गर्दै उनले उत्पादन वृद्धि नै रोजगार सुनिश्चित गर्ने माध्यम हुने बताएका हुन्।

साम्पाङले भने, “हामी फिल्डमा काम गर्ने संगठन निर्माण गर्दैछौं। केवल अफिसमा बसेर भाषण गर्ने सीमिततामा रहँदैनौं। उत्पादन र निर्माणसँगै सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सक्रिय रूपमा काम गर्छौं।”

उनका अनुसार, उत्पादन विस्तार हुन नसक्दा देशमा बेरोजगारी बढ्दै गएको छ। उनले थपे, “आजसम्म जुन काम हुन सकेको छैन, त्यसलाई अब अघि बढाउँछौं। देशमा काम गर्न प्राथमिकता दिनुपर्छ, उत्पादन बढाउनु जरुरी छ, अहिले प्रायः सबै बेरोजगार छन्।”

साम्पाङले श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक र आर्थिक रूपान्तरणका क्षेत्रमा व्यावहारिक रुपमा काम गरेर फरक परिणाम देखाउने दाबी गरे।

You may also like

This will close in 0 seconds