तिलोत्तमा नगरपालिका यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित

by समतल अनलाइन
51Shares

बुटवल । तिलोत्तमा नगरपालिका एसिया प्रशान्त सहर तथा स्थानीय सरकारहरूको संस्था को काउन्सिल सदस्यमा निर्वाचित भएको छ । दक्षिण कोरियाको गोयाङ सहरमा सम्पन्न यूसीएलजी एसिया प्रशान्त क्षेत्रको १०औं साधारण सभाले तिलोत्तमालाई आगामी कार्यकालका लागि सदस्यमा चयन गरेको हो ।

सन् २०२५ देखि २०२७ सम्मका लागि यो संस्थाको काउन्सिल सदस्यका रूपमा तिलोत्तमा नगरपालिकाले प्रतिनिधित्व गर्नेछ । दक्षिण र दक्षिण–पश्चिम एसिया प्रशान्त क्षेत्रका सदस्य सहर तथा स्थानीय सरकारहरूले तिलोत्तमाको क्षमता, सक्रियता र योगदानमाथि विश्वास राख्दै यस पदमा निर्वाचित गरेका हुन् ।

नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकाको यो चयनले अन्तर्राष्ट्रिय तहमा नगरको परिचय अझ विस्तार हुने बताए । उनका अनुसार, “यस सदस्यताले नगरपालिकाको अनुभव, सीप र दृष्टिकोण एसिया प्रशान्त क्षेत्रका सहरहरूका लागि मार्गदर्शनका रूपमा काम गर्नेछ ।”

उनले यो अवसरले तिलोत्तमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ नेटवर्क निर्माण गर्न, सहकार्यका अवसर बढाउन र स्थानीय शासन सुधारमा नयाँ अभ्यास सिक्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

You may also like