68
			
		
		
			
            
				            
			
			        
    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले वैदेशिक रोजगार व्यवसायीका लागि मलेसियाको नयाँ मापदण्डबारे श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी छन् ।
सिंहदरबारमा भएको छलफलमा मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्ताव मात्र भएको र यही नै अन्तिम नभएको विषयमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । अन्तिम प्रस्ताव नभएकाले द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्ने निष्कर्ष निकालिएको छ ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत विभिन्न सरोकारवाला निकायका उच्च अधिकारीको उपस्थिति थियो ।
 
			        

 
												 
														

