धर्ना कार्यक्रममा सम्बोधनकै बीच जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

by समतल अनलाइन
82Shares

राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार अकस्मात् निधन भएको छ।

भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा सम्बोधन गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक बेहोस भएर लडेका थिए। उनलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्टको गतिविधिमा सक्रिय रहेका थिए।
उनका दुई छोरा र श्रीमती रहेका छन्।

You may also like