सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

by समतल अनलाइन
63Shares

काठमाडौं।लगातर घट्दो क्रममा रहेको सुनको भाउ बिहीबार स्थिर भएको छ। गत असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजारमा कारोबार भइरहेको सुन कात्तिक १२ गते बुधबार आइपुग्दा ८.४१ प्रतिशतले घटेको छ।

बुधबार र बिहीबार दुवै दिन स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ५३ डलरमा कारोबार भइरहेको छ। बिहीबार चाँदी भने तोलामा १५ रूपैयाँले बढेर दुई हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी दुई हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

You may also like