दाउन्ने खण्डमा सडक अवरुद्ध, सवारी सञ्चालन ठप्प

by समतल अनलाइन
54Shares

बुटवल । लगातारको वर्षापछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ।

सडक मर्मतका लागि एकतर्फी सञ्चालनमा रहेको यो खण्ड विहीबार बिहानदेखिको वर्षाका कारण चिप्लो बनेपछि यातायात आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ।

वर्षाले विनयी त्रिवेणी गाउँपालिका–२ को विश्वकर्मा मन्दिर र घ्युखोलाको बीचमा सडक हिलो र चिप्लो बनेको छ। यस कारण पश्चिमतर्फ गइरहेका सवारीसाधन रोकिएका छन्।

दाउन्नेमा मालवाहक सवारीसाधन उकालो चढ्न नसक्दा दुम्कीवास र बर्दघाट क्षेत्रमा ट्रक र बसहरूको लामो लाइन लागेको प्रहरीले जनाएको छ।

You may also like