53
रोल्पा । रोल्पामा गए राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
सुनिलस्मृती गाउँपालिका–४ धुलेओडारमा किलाचौरबाट सुलिचौरतर्फ जाँदै गरेको लु २ च ८०१५ नम्बरको बलेरो जिप सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनछहरी गाउँपालिका–६ का ३२ वर्षीय थम्मन रोकामगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते लुंग्री गाउँपालिकाका खिमबहादुर पुन, भावना गिरी र उनकी पाँच वर्षीया छोरी शान्ति गिरीलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।
प्रहरी निरीक्षक अनिल कुमार चौधरीको टोलीले राति नै उद्धार कार्य गरेको थियो ।




