काठमाडौँ । मौसम विज्ञान विभागले अबको २४ घण्टाभित्र देशका विभिन्न भागमा भारी वर्षा र हिमपात हुने पूर्वानुमान गरेको छ । यससँगै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दर्जनभन्दा बढी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी हिमपातको सम्भावना छ । त्यसैगरी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मौसमी प्रणालीको सम्भावित असरलाई ध्यानमा राख्दै प्राधिकरणले पाँच प्रदेशका विभिन्न जिल्लाका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरेको छ ।
सतर्क रहनुपर्ने जिल्लाहरूमा —
कोशी प्रदेश: ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगा ।
मधेश प्रदेश: सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही ।
👉 बागमती प्रदेश: मकवानपुर, चितवन, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट र रसुवा ।
👉 गण्डकी प्रदेश: गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मनाङ र मुस्ताङ ।
👉 लुम्बिनी प्रदेश: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु र दाङ ।
प्राधिकरणका अनुसार सम्भावित वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले सर्वसाधारणले अत्यावश्यक बाहेकका यात्रा नगर्न अनुरोध गरिएको छ ।
त्यस्तै, जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानबारे जानकारी लिएर आवश्यक परेमा सर्न तयारी राख्न र नदी किनारका बासिन्दालाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।




