राम्दीमा पौडी खेल्दा एक जना बेपत्ता, एक जनाको उद्धार

by समतल अनलाइन
53Shares

तानसेन । पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् भने एक जनाको सकुशल उद्धार गरिएको छ।

बुधबार बिहान पौडी खेल्ने क्रममा डुबेका कैलालीको लम्कीचुहा नगरपालिका–१ का १६ वर्षीय बिराज न्यौपानेलाई प्रहरी र स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका हुन्। तर उनका साथी १५ वर्षीय बखन शाही भने हालसम्म बेपत्ता रहेका छन्।

साथीहरूसँग घुम्न आएका उनीहरू पौडी खेल्ने क्रममा नदीको गहिरो भागमा पुगेपछि दुर्घटना भएको बताइएको छ।

बेपत्ता शाहीको खोजतलासमा स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय पाल्पाको टोली खटिएको प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिएका छन्।

You may also like