अर्घाखाँचीमा जिप दुर्घटना, पाँच जना घाइते

by समतल अनलाइन
242Shares

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–६ खिल्जीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

सन्धिखर्कबाट खिल्जीतर्फ जाँदै गरेको देउराली यातायातको लु १ ज १७०६ नम्बरको जिप ब्रेक फेल भएर सडक छेउमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुई जना मध्यम र तीन जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी निरीक्षक सरोज केसीले जानकारी दिए।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

You may also like

This will close in 0 seconds