पाल्पामा ईभी भ्यान दुर्घटना, तीन जनाको मृत्यु

by समतल अनलाइन
172Shares

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपलभञ्ज्याङमा बुधबार बिहान यात्रुवाहक ईभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

लु प ०००१ ज ००९१ नम्बरको सो ईभी भ्यान बुटवलबाट छहरा मेहालढापतर्फ जाँदै गर्दा बिहान करिब १० बजे दुर्घटनाग्रस्त भएको हो। स्थानीय बासिन्दा ईश्वर ज्ञवालीका अनुसार दुर्घटना साढे १० बजेतिर भए पनि घटनाको जानकारी सम्बन्धित निकायलाई करिब साढे १ बजे मात्र पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कमल प्रधानका अनुसार भ्यानमा चालकसहित तीन जना सवार थिए। दुर्घटनापछि उनीहरूलाई स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको थियो। तर उपचारका क्रममा तीनै जनाको मृत्यु भएको उनले जानकारी दिए।

मृतकहरूको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान थालेको छ।

You may also like