144
बुटवल । रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा चार जना गम्भीर घाइते भएका छन्।
बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएर तल खसेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सैनामैना ८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन् ।
गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समीर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन् । उनीहरुलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।




