58
काठमाडौं । आगामी निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता हुने भएको छ ।
बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो ४ बजे बस्ने तय भएको हो । प्रधानमन्त्री सुशीला कार्कीले सबै पक्षबीच सहमति र समन्वय कायम गर्न वार्ता आह्वान गरेकी हुन् ।
स्रोतका अनुसार करिब ८ देखि ९ समूहका जेनजी प्रतिनिधि, दलका शीर्ष नेता र मन्त्रीहरू वार्तामा सहभागी हुनेछन्।
बैठकमा निर्वाचन सहज बनाउन प्रत्येक पक्षको भूमिका र प्रतिबद्धताबारे विस्तृत छलफल हुने प्रधानमन्त्री कार्यालय निकट स्रोतले जनाएको छ।




