65
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले देशमा फैलिएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताएका छन् ।
मन्त्री गुप्ता आज आफ्नो गृहजिल्ला सिराहामा जेनजी समूह लहानद्वारा आयोजना गरिएको सम्मान र भेटघाट कार्यक्रममा सहभागी हुँदै भने,’शिक्षा, स्वास्थ्य, खेलकुद सबै क्षेत्रमा उचित विकास नहुनुको मूल कारण नीतिगत भ्रष्टाचार नै हो।’
उनका अनुसार यही भ्रष्टाचारको अन्त्यका लागि भएको जेनजी आन्दोलनमा युवाहरूले बलिदान दिनुपर्ने स्थिति आयो। मन्त्री गुप्ताले लहानको खेलकुद क्षेत्रमा भएका विवाद र अनियमितताको विषयमा पनि चर्चा गरे।
सिराहामा रहेको आफ्नो भ्रमणको क्रममा मन्त्री गुप्ताले जेनजी शहीद विजय चौधरीको परिवारसँग भेटघाट गर्दै शहीदका सपना पूरा गर्न सरकार सक्रिय रहने बताएका थिए ।




