60
काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ ।गृह मन्त्रालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपालले पाउँदै आएका १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीलाई फिर्ता गर्ने निर्णय गरिएको हो ।
नेपालमाथि भ्रष्टाचार अभियोग लागेको हुँदा सुविधा कटौती गरिएको स्रोतको दाबी छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
यसअघि सरकारले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पनि सुरक्षाकर्मी फिर्ता गराएको थियो ।




