१० सेकेन्डमै सकियो पत्रकार सम्मेलन

by समतल अनलाइन
58Shares

काठमाडौँ ।मंगलबार काठमाडौँमा आयोजना गरिएको एक पत्रकार सम्मेलन १० सेकेन्डमै सकिएको छ। संगीत बमले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरेका थिए।

तोकेको समयमा अर्थात् बिहान ११ बजे पत्रकारहरू स्थलमा पुगिसकेका थिए । तर सम्मेलन सुरु भएको केही क्षणमै सकियो। बमले ‘द गेम अफ लुसिफर’ भन्ने शीर्षकमा साङ्केतिक रूपमा विरोध जनाएका थिए ।

मञ्चमा आएर उनले दाहिने हातका दुई औँला ठड्याए र बाँकी औँला मोड्दै प्रतीकात्मक विरोध प्रदर्शन गरे । त्यसपछि कुनै वक्तव्य नदिई फर्किए । उनले पत्रकारहरूलाई समाचार तयार गर्न जिम्मा दिँदै कार्यक्रम त्यत्तिकै अन्त्य गरे ।

उनी सेतो परम्परागत पोसाकमा आएका थिए । दाहिने हातमा भी साइन (भिक्ट्री वा शान्ति चिह्न) देखाउँदै उनी मञ्चमा उभिएका थिए

You may also like