विश्वकप लिग- २ : आज अमेरिका र युएईबीच खेल हुदै

by समतल अनलाइन
71Shares

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज युएई र अमेरिका खेल्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुदैछ ।

यसअघि सम्पन्न सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

हाल विश्वकप लिग-२ मा अमेरिका २१ खेलमा ३० अंकसहित शिर्ष स्थानमा छ भने युएई १६ खेलमा ६ अंकसहित पुछारमा रहेको छ । त्यस्तै नेपाल भने १७ खेलमा १२ अंकसहित सातौं स्थानमा छ ।

अमेरिका र युएईबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा अमेरिकाले ७ खेल जितेको छ भने युएईले २ खेल जितेको छ ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

You may also like