साम्बाको दुई गोलमा भारतविरुद्ध नेपालको जित

by समतल अनलाइन
47Shares

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरको हो ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले दुवै गोल गरेकी थिइन् । सावित्राले पहिलो गोल खेलको दोस्रो मिनेटमा र दोस्रो खेल खेलको ६३औं मिनेटमा फ्रीकिकबाट गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल खेलको ८१औं मिनेटमा करिश्मा शिरभोइकरले गरेकी थिइन् ।

यस खेलमा नेपालका लागि यू-१९ खेलाडी मिना देउवाले राष्ट्रिय टिमका लागि डेभ्यु गरेकी छन् । देउवाले खेलको ७८औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेभ्यु गरेकी हुन् ।

You may also like