५ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

by समतल अनलाइन
61Shares

काठमाडौँ।नेपाल प्रहरीका पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

बढुवा समितिले अहिले रिक्त रहेका चार डिआइजी पदका साथै तीन दिनपछि रिक्त हुने एक पदका लागि सिफारिस गरेको हो।

सिफारिसमा परेकामध्ये एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहेका छन्।

जसमा पहिलो नम्बरमा भुपेन्द्रबहादुर खत्री, दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथो नम्बरमा शेखर अधिकारी र पाचौँ नम्बरमा अबिनारायण काफ्ले रहेका छन् ।

You may also like