फागुन २१ को निर्वाचनमा करिब साढे सात अर्ब खर्च हुने अनुमान

by समतल अनलाइन
64Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

निर्वाचन आयोगले हाल चुनाव तयारीका क्रममा प्रारम्भिक बजेट तयार पारेको छ । बजेटको अन्तिम टुङ्गो भने अझै बाँकी रहेको छ । टुङ्गो लाग्नासाथ अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको आयोगले जनाएको छ।

आयोगका अनुसार बजेट निर्माणको क्रममा निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूचीसमेत तयार पारिँदैछ । सामग्री खरिदका साथै आकस्मिक खर्चका लागि पनि केही रकम छुट्याउने तयारी गरिएको छ ।

निर्वाचन व्यवस्थापनका लागि आयोगले एक हजार मतदाताका लागि एक मतदान केन्द्र स्थापना गर्ने योजना बनाएको छ । जुन विगतका निर्वाचनहरूमा पनि लागू गरिएको अभ्यास हो।

आयोगका अनुसार सबैभन्दा धेरै खर्च निर्वाचनमा खटिने जनशक्ति व्यवस्थापनमा हुने अनुमान छ । प्रत्येक मतदान केन्द्रमा कम्तीमा १४ जना कर्मचारी आवश्यक पर्ने भएकाले त्यसका लागि ठूलो रकम विनियोजन गर्नुपर्ने आयोगले जनाएको छ ।

You may also like