प्रधानमन्त्री कार्कीले आज चार जना मन्त्री नियुक्त गर्दै

by समतल अनलाइन
137Shares

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन् ।

प्रधानमन्त्रीले रक्षा र परराष्ट्र मन्त्रालय आफ्नै जिम्मामा राखेर मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेकी हुन् । स्रोतका अनुसार सम्पदाविद् गणपति श्रेष्ठ र बव्लु गुप्तालाई मन्त्रीमा नियुक्त हुँदैछन् । यस्तै सुधा गौतम स्वास्थ्य मन्त्री बन्दै छिन् ।

श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उडड्यन, गुप्तालाई युवा तथा खेलकुद मन्त्रायलको जिम्मेवारी दिइने तयारी छ ।

यस्तै दलित अभियन्ता खगेन्द्र सुनारलाई पनि मन्त्री बनाउने चर्चा छ । स्रोतका अनुसार सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले पहिलो चरणमा कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई मन्त्रीमा नियुक्त गरेकी थिइन् ।
त्यसपछि ६ असोजमा उनले दोस्रो पटक ४ मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, तात्कालीन राज्य पुनर्संरचना आयोगका संयोजक मदन परियार, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र पत्रकार जगदीश खरेललाई मन्त्री नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा, खानेपानी , महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैं सम्हाली रहेकी छन् ।

You may also like

This will close in 0 seconds