गुल्मीमा लागुऔषधसहित एक युवक पक्राउ

by समतल अनलाइन
55Shares

गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्से नजिकै कालिगण्डकी कोरिडोर सडक खण्डमा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ रुद्रपिपलका ३२ वर्षीय मनोज प्रधान रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारूले जानकारी दिए।

प्रहरीका अनुसार शुक्रबार राति करिब १० बजे बुटवलबाट बागलुङतर्फ जाँदै गरेको ध १ प ५५८२ नम्बरको होन्डा साइन मोटरसाइकलबाट उक्त लागुऔषध बरामद गरिएको हो।

चलिरहेको अवस्थामा मोटरसाइकल अचानक पल्टिएपछि स्थानीयले उठाउने क्रममा चालकको झोलाभित्र लुकाइछिपाइ राखिएको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो।

You may also like