76
काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक बोलेरो जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार खलंगाबाट आठबिसकोट नगरपालिका-९ स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दिउँसो दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा आठबिसकोट नगरपालिका-२ स्यालाकी ३० वर्षीया कमला ओली, १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीया गोपाल ओली रहेका छन्। एक जनाको सनाखत भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १० जनामध्ये केहीको अवस्था गम्भीर रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।




