भाइटीका लगाउँदै गर्दा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीको निधन

by समतल अनलाइन
141Shares

बुटवल ।  भाइटिका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्षको मृत्यु भएको छ। आज बिहीबार भाइटिका लगाउँदै गर्दा एक्कासि बेहोस भएका टानबहादुर केसीको अस्पताल लैजानेक्रममा बाटैमा निधन भएको हो।

बुटवलस्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा बेहोस भएको र उपचारका लागि बुटवल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनमोर्चाका नेता गंगालाल सापकोटाले जानकारी दिए।
अस्तालका सूचना अधिकारी विक्रम खड्काले केसीलाई अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको जानकारी दिए।
केसीको निधनप्रति नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै दुस्ख व्यक्त गरेका छन्।

You may also like