काठमाडौँ । देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १०९ जना व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले नगद करोडौँ रुपैयाँसहित तास र कौडा बरामद गरेको छ।
बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका सञ्चालक राकेश श्रेष्ठसहित ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । घटनास्थलबाट २ लाख ३१ हजार रुपैयाँ नगद र १६ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
खैरहनी नगरपालिका–११ मा एक बहादुर भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। १ लाख ५० हजार ७२० रुपैयाँ नगद र ५ बुक तास बरामद गरिएको छ।
भरतपुर–१०, ओदान रेस्टुरेन्टमा रेस्टुरेन्टका सञ्चालक वासु रिमालसहित १० जना पक्राउ परेका छन्। उनीहरूसँग २ लाख ११ हजार २१० रुपैयाँ र १ बुक तास बरामद भएको छ।
पोखरा–२, मोहरिया टोलमा दीपक विकको घरबाट ८ जना पक्राउ परेका छन्। २ लाख ७३ हजार ४४५ रुपैयाँ नगद र ६ बुक तास बरामद गरिएको छ।
पोखरा–२६, लप्सीबोट सामुदायिक जङ्गलमा हेम बहादुर रानाभाटसहित ७ जना कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। प्रहरीले ७७ हजार २०५ रुपैयाँ र १४ थान कौडा बरामद गरेको छ।
भक्तपुर नगरपालिका–४, बुल्छामा दयाराम सायजुसहित २७ जना कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। उनीहरूबाट ९ लाख २३ हजार ९६० रुपैयाँ नगद र १६ थान कौडा बरामद भएको छ।
राप्ती गाउँपालिका–२, लालमटियास्थित नरेश बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्। १ लाख ४९ हजार ७९५ रुपैयाँ र ३ बुक तास बरामद गरिएको छ।
ठाकुरबाबा नगरपालिका–४, खैलारस्थित टोप बहादुर थापाको घरबाट ९ जना पक्राउ परेका छन्। १ लाख ५० हजार ७२५ रुपैयाँ र ६ बुक तास बरामद गरिएको छ।
गल्याङ नगरपालिका–१, मालुङ्गास्थित गणेश बस्यालको घरबाट ७ जना पक्राउ परेका छन्। १ लाख ९७ हजार ७०० रुपैयाँ र ३ बुक तास बरामद गरिएको छ।
बेदकोट नगरपालिका–३, दैजीस्थित हिक्मत सिंह रावलको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्। ५१ हजार २६० रुपैयाँ नगद र ४ बुक तास बरामद गरिएको छ।
प्रहरीले सबै घटनामा आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिएको छ।