पाल्पामा कुटपिटबाट वृद्ध महिलाको हत्या, उनका श्रीमान घाइते

by समतल अनलाइन
81Shares

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा गएराति कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ । झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् ।

कुटपिटकै क्रममा फूलमायाका ८२ वर्षीया श्रीमान प्रेमबहादुर जिसी घाइते भएका छन् । उनलाई लुम्बिनी मेडिकल कलेजबाट थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार गएराति करिब १२ः३५ बजे घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । त्यसपछि घरमै लुकिछिपी बसेका विश्वकर्मा पक्राउ परेका हुन् ।

स्थानीयका अनुसार कुटपिटमा धारिलो हतियार समेत प्रयोग गरिएको थियो । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

You may also like