जेनजी प्रदर्शन : प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्ने पक्राउ

by समतल अनलाइन
71Shares

काठमाडौँ।जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरेर बर्दी खोल्न बाध्य पार्ने गौतम घिसिङ पक्राउ परेका छन् । उनी भदौ २४ गते तीनकुनेस्थित प्रहरीमाथि भएको आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

उक्त दिन आन्दोलनकारीहरूले प्रहरी चौकीमाथि आक्रमण गर्नुका साथै हतियार लुटेका थिए । स्थिति नियन्त्रण बाहिर गएपछि केही प्रहरी आत्मरक्षाका लागि बागमती नदीमा हामफालेका थिए । आन्दोलनकारीहरूले प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गरेका थिए ।

घटनाको अनुसन्धान गरिरहेको टोलीले प्राप्त भिडियो फुटेज र तस्बिरका आधारमा घिसिङलाई पहिचान गरी पक्राउ गरेको हो । अहिलेअनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

त्यस दिन हतियार लुटपाटमा संलग्न केही अन्य व्यक्तिहरूलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ भने केहीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

You may also like

This will close in 0 seconds