तिहार अवधिमा मौसम सफा, केही स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात

by समतल अनलाइन
42Shares

काठमाडौं । तिहार अवधिमा देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तिहार विशेष मौसम बुलेटिन प्रकाशन गर्दै मौसम महाशाखाले लक्ष्मीपूजा (कात्तिक ३) देखि भाइटीका (कात्तिक ६) सम्मको सम्भावित मौसमबारे जानकारी गराएको हो।

कस्तो हुन्छ चार दिनको मौसम ?
यस वर्ष तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे तापनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाड भेगमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने तथा पहाड भूभागका एक दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू(भागमा हल्का वर्षारहिमपातको समेत सम्भावन छ।

कार्तिक ३ (लक्ष्मीपूजा) : देशका पहाड भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड भूभागका एक (दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।

कार्तिक ४ (औँसी) : देशका पहाड भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाड भूभागका एक दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।

कार्तिक ५ ९गोवर्धन पूजा ०स् देशको पहाड भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाड तथा हिमाल भूभागका एक दुई स्थानमा हल्का हल्का वर्षारहिमपातको सम्भावना छ।

कार्तिक ६ (भाइटीका) : कोसी र मधेस प्रदेशलगायत देशका बाँकी पहाड भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। सबै प्रदेशका पहाड भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

You may also like

This will close in 0 seconds