एक सातामै २० हजार रुपैयाँ बढ्यो सुनको मूल्य

by समतल अनलाइन
65Shares

काठमाडौँ । नेपाली बजारमा यस साता सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।साताको पहिलो दिन आइतबार सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएकोमा क्रमिक रूपमा बढ्दै शुक्रबार २ लाख ५८ हजार रुपैयाँमा पुगेको छ। यस साता सुनको मूल्य कुल २० हजार ४०० रुपैयाँले वृद्धि भएको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि साताभर उकालो लाग्दै आइतबारको ३ हजार १२५ रुपैयाँबाट बढेर शुक्रबार ३ हजार ३५० रुपैयाँमा कारोबार भएको छ। यो साता चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले बढेको हो ।

विश्लेषकहरूका अनुसार अमेरिकाको भन्सार नीति, विश्वका विभिन्न भू-राजनीतिक तनाव, ब्रिक्स राष्ट्रहरूको सुनचाँदी भण्डारणमा वृद्धि जस्ता कारणले सुन–चाँदीको अन्तर्राष्ट्रिय मूल्यमा तीव्र वृद्धि भएको छ । त्यसको असर नेपाली बजारमा पनि प्रत्यक्ष देखिएको हो ।

You may also like

This will close in 0 seconds