सिद्वार्थनगरमा अगरबत्ती उद्योगमा भीषण आगलागी, करिब २ करोड ३२ लाखको क्षति

by समतल अनलाइन
63Shares

बुटवल।रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको हो ।

विद्युत सट भएर आज (शनिबार) बिहान न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको थियो । आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा, कम्प्यूटर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । उद्योगका सञ्चालक श्रीराम गुप्ताले आगलागीबाट करिब २ करोड ३२ लाख बढी मूल्य बराबरको क्षति भएको बताए ।

You may also like