सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १६ औं वार्षिक साधारणसभा

by समतल अनलाइन
19Shares

शुद्धोदन।रुपन्देहीको शुद्धोदन गाउँपालिका ३ रमावापुर अवस्थित सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १६ औं वार्षिक साधारणसभा कार्यक्रम संस्थाको प्राङ्गणमा शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।

सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष ओम बहादुर फौदारको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले पानशमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो।

सो कार्यक्रममा प्रमुख अतिथि बस्यालले यस सौ, फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था पालिका भित्र पहिलो खानेपानी संस्था रहेको र संस्थाले धेरै राम्रोसँग काम गरेकोमा संस्थामा रहनुभएका सबै पदअधाअकारी लाई धन्यवाद दिदै अबको अगामी दिनमा शुद्धोदन गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छताका लागि वास योजना कार्यक्रमको सुरुवात भएको बताउनुभयो।पालिका का सबै वडा हरुमा खानेपानी संचालनमा ल्याउन सिङ्गो गाउँपालिका लागि परेको बताउनुभयो।हालसम्म पालिका भित्र तीन वटा खानेपानी संस्था रहेको बताउनुभयो।जसमध्ये खड्वा खानेपानी संस्थाबाट खानेपानी संचालनमा आइसकेको र मानमटेरिया खानेपानी संस्था पनि छिटोभन्दा छिटो संचालनमा आउने बताउनुभयो।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष ओम बहादुर फौदारको वार्षिक निति तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत लेखा समिति संयोजक विजय विक्रम टण्डनको लेखा प्रतिवेदन प्रस्तुतिमा २०८२ असोज २० गते सम्म २ हजार ३ सय ८८ जना सदस्य रहेको र धारा जडान २ हजार १ सय ४० घर रहेको टण्डनले बताउदै आयकर पूर्व खुद नाफा रु,३५५६४४८/७२ रहेकोमा आ.व ०८१/८२ मा २५ प्रतिशत आयकरको व्यवस्था भएको हुँदा आयकर पछिको शुद्ध बचत रु,२६६७३३६।५४ रहेको लेखा समिति संयोजक विजय विक्रम टण्डनले लेखा प्रतिवेदनमा प्रस्तुत गर्नुभएको थियोे।सो साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो।उक्त कार्यक्रममाशुद्धोदन ४ का वडा अध्यक्ष तथा प्रब्क्ता केशव प्रसादअधिकारी,सेमलार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका प्रेम पौडेल,योज्ञोदय बहुमुखी क्याम्पसका अध्यक्ष सोमनाथ शर्मा,संस्थाका सुरक्षा समितिका संयोजक चिन्तामणी गैरे,संस्थाका ब्लक नम्बर ए का संयोजक श्यामबहादुर थापा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।संस्थाका उपाध्यक्ष हुमाकान्त पाण्डेको स्वागतमा र संस्थाका सचिव नन्द बहादुर क्षेत्रीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियोे।

You may also like