सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज सामाओविरुद्ध खेल्दै

by समतल अनलाइन
227Shares

काठमाडौँ । नेपालले ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गतको सुपर सिक्सको अन्तिम खेलमा आज सामाओविरुद्ध खेल्दैछ । यो खेल आज दिउसो ४: १५ बजेदेखि शुरु हुदैछ ।

यसअघि आजै बिहान ११: ४५ बजेदेखि सुपर सिक्सको खेलमा जापान र ओमान खेल्दैछन् ।

नेपाल अंक तालिकामा शिर्ष स्थानमा छ भने विश्वकपमा छनौट भइसकेको छ । नेपालले आजको खेलमा समाओलाई पराजित गरेर छनौट प्रतियोगिताको ट्रफी जितेर घर फर्किने लक्ष्यका साथ आज खेल्ने छ ।

त्यस्तै सामाओले भने विश्वकपको दौडबाट बाहिरिइसकेको छ । सुपरसिक्समा सामाओले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमानमा रहेको छ । टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

You may also like

This will close in 0 seconds