११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय

by समतल अनलाइन
57Shares

काठमाडौँ । सरकारले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बिहिबार बसेको मन्त्रिपरिषद बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूको रूपमा कार्यरत नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको हो। राजदूतहरूलाई कात्तिक २० गतेसम्म स्वदेश फर्किसक्न पनि सरकारले समय दिएको छ।

You may also like