एमाले केन्द्रीय कमिटी बैठकमा मागियो केपी ओलीको राजीनामा

by समतल अनलाइन
76Shares

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ।

बिहीबार ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले अध्यक्ष ओलीको राजीनामा माग गरेका हुन्। मानन्धरले बैठकमा बोल्दै पार्टी जनतासँग एकाकार हुन नसकेको भन्दै नेतृत्व परिवर्तनको माग गरे। उनले भने,

‘जनतासँग एकाकार हुने राजनीतिसँग पार्टीलाई जोड्न सक्नुपर्छ। तर अध्यक्ष कमरेड आजसम्म त्यसमा सफल देखिनु भएको छैन । देश, आन्दोलन र पार्टीलाई थप क्षति हुनबाट जोगाउन उहाँले सहयात्री कमरेडहरूमाथि विश्वास गर्दै राजीनामा दिनु आवश्यक छ। सामूहिक नेतृत्वको अभ्यास आजको ऐतिहासिक आवश्यकता बनिसकेको छ। अब ढिला गर्नु हुँदैन।’

उनले वर्तमान नेतृत्वका कारण पार्टी मात्र नभई देशसमेत गम्भीर संकटमा परेको आरोप लगाए। एमालेको केन्द्रीय समिति बैठक अझै जारी रहेको छ।

You may also like