सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख ५० हजार ९ सयमा कारोबार

by समतल अनलाइन
333Shares

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २ हजार रुपैयाँले बढेर तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

अघिल्लो दिन अर्थात् बुधबार सुन तोलाको २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिसँगै नेपाली बजारमा पनि सुनको मूल्य लगातार बढ्दो क्रममा रहेको महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी तोलाको ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य तोलाको ३ हजार २४० रुपैयाँ थियो।

You may also like

This will close in 0 seconds