काँग्रेस केन्द्रीय समितिको बैठक आज, महाधिवेशन केन्द्रमा

by समतल अनलाइन
59Shares

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । यसअघि मंगलबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि बैठकलाई आज दिउँसो १ बजेका लागि स्थगित गरिएको थियो ।

सो बैठकमा सभापति देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिने घोषणा गरेपछि कांग्रेस अब महाधिवेशनतर्फ केन्द्रित भएको छ ।

आजको केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।

यसैबीच, विशेष महाधिवेशन बोलाउन माग गर्दै ५३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ ।

सभापति देउवाले नियमित महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताउँदै आइरहे पनि देउवा समूहका नेताहरू मङ्सिरभित्र महाधिवेशन गर्न तयार नभएकाले विवाद चर्किएको छ ।

You may also like