देशभर मौसम सामान्य, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

by समतल अनलाइन
222Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने बताइएको छ।

You may also like

This will close in 0 seconds