ओमानलाई हराउदै नेपाल शिर्ष स्थानमा उक्लियो

by समतल अनलाइन
46Shares

काठमाडौँ । नेपालले ओमान पराजित गरेको छ । आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज सुपर सिक्सको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको हो ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ९ विकेट गुमाउदै ११३ रन बनाएको हो । ओमानका लागि विनायक शुक्लाले सर्बाधिक ३२ रन बनाएका थिए भने मोहमद नदीमले २५ रन बनाएका थिए । त्यस्तै कप्तान जतिन्दर सिंहले १४ रन र आर्यन बिष्टले ११ रन बनाएका थिए । त्यस्तै नेपाली बलर गुलशन झाले सर्बाधिक ३ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवले २-२ तथा सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६९ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २४ रन बनाए भने गुलशन झाले १८ रन बनाएका थिए । त्यस्तै मोहमद आदीलले १६ रन बनाएका थिए । त्यस्तै ओमानका बलर नदीम खानले ४ विकेट लिए भने सुफयान मेहमूद र जितेन रमानान्दीले २-२ विकेट लिएका थिए ।

यो जितपछि नेपालको ४ खेलमा ८ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ओमानको ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपाल र ओमानले टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् । अब नेपालले सुपर सिक्सको अन्तिम खेल शुक्रबार सामाओविरुद्ध खेल्ने तालिका रहेको छ ।

You may also like