52
काठमाडौँ। आइसीसी पुरुष टी-२० विश्वकप एसिया–प्यासिफिक छनोट प्रतियोगितामा आज सुपर सिक्स खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको छ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६९ रन बनाएका थिए। त्यस्तै आसिफ सेखले २४, गुलशन झाले १८ र मोहमद आदीलले १६ रन योगदान दिए।
ओमानका बलरमध्ये नदीम खानले ४ विकेट लिए भने सुफयान मेहमूद र जितेन रमानान्दीले २–२ विकेट लिए।