अर्घाखाँचीमा २ ओटा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

by समतल अनलाइन
75Shares

बुटवल । अर्घाखाँचीको छत्रदेव–१, सौरेखोला सडकखण्डमा बुधबार साँझ दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

खर्ज्याङबाट दुर्गाफाँटतर्फ गइरहेको होण्डा साइन लु ३३ प ६५४४ र विपरीत दिशाबाट आइरहेको यामाहा १५० सिसी लु ५८ प ७९७८ आपसमा ठोक्किएका हुन्।

मृतकहरू हुन्—होण्डा चालक तारा बेलबासे (२१, पाणेनी–५) र यामाहा चालक सुमन सुनार (३५, छत्रकोट–६, गुल्मी)।

घाइते यात्रु दिपा कोईराला (१८, पाणेनी–५) र सुरज सुनार (४४, छत्रकोट–६, गुल्मी)लाई टाउकोको गम्भीर चोटका कारण लुम्बिनी मेडिकल कलेज, पाल्पा रिफर गरिएको छ।

प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा राखेको छ र प्रारम्भिक अनुसन्धानले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ।

You may also like