72
काठमाडौँ । नेपालले ओमानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोट प्रतियोगिताअन्तर्गत आज सुपर सिक्स चरणको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जित्दै पहिला ब्याटिङ रोजेका हुन् । त्यसअनुसार ओमानले पहिला बलिङ गर्ने भएको छ ।
नेपाल र ओमान दुवै टोली आइसिसी टी–२० विश्वकप २०२६ का लागि छनोट भइसकेका छन् । त्यसैले आजको खेलले समूहको शिर्ष स्थान निर्धारणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
आजको खेलका लागि नेपाली टोलीमा एक मात्र परिवर्तन गरिएको छ । सन्दीप जोराको स्थानमा बलर लोकेश बमलाई टोलीमा अवसर दिइएको छ ।