संसद विघटनविरुद्धका १० रिट सर्वोच्चमा दर्ता, सुनुवाइ कात्तिक १२ मा

by समतल अनलाइन
80Shares

काठमाडौं । संसद विघटनविरुद्ध दायर रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। सर्वोच्च अदालतमा रिट दर्ता खुला गरिएको मङ्गलबार मात्रै १० वटा रिट दायर भएका हुन्।

सर्वोच्च प्रशासनका अनुसार दर्ता प्रक्रिया क्रमशः अघि बढिरहेको छ। अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले मङ्गलबार साँझसम्म १० वटा रिट दर्ता भइसकेको र थप रिट दर्ता हुने क्रम जारी रहेको जानकारी दिए।

अधिवक्ता डा. प्रेमराज सिलवाल र अधिवक्ता युवराज सफलसहितका कानुन व्यवसायीहरूले प्रधानमन्त्रीको सिफारिसमा गरिएको संसद विघटन असंवैधानिक रहेको दाबी गर्दै रिट दायर गरेका हुन्। उनीहरूले संविधानको मर्मविपरीत प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन्।

सर्वोच्च अदालतले दर्ता भएका रिटहरूमध्ये केहीलाई आगामी **कात्तिक १२ गते**का लागि पेसी तोकेको छ। सो दिन रिटहरूको प्रारम्भिक सुनुवाइ हुने जनाएको छ।

यसअघि पनि सर्वोच्च अदालतमा संसद विघटनका विषयमा विभिन्न पटक रिट दायर भइसकेका छन्। अघिल्ला घटनामा सर्वोच्चले संसद पुनःस्थापना गर्ने फैसला गरेको थियो। यसपटकको संसद विघटनसम्बन्धी रिटमाथि अदालतले कस्तो आदेश जारी गर्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

You may also like