16
काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । बुधबार नेप्से २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३१८ कम्पनिका ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३ अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।
आज समता घरेलु लघुवित्तको शेयरमा सबैभन्दा बढी ६.९३ प्रतिशतले बढेको छ भने एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ५.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज समाज लघुवित्त र विन्ध्यवासिनी हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको २० करोड ५४ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्स कम्पनिको १३ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।