गगनलाई प्रकाश शरणले भने : यस्ता भनाइले पार्टी कमजोर बनाउँछ

by समतल अनलाइन
168Shares

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउदै पार्टीलाई कमजोर बनाउने बताएका छन् ।

जेनजी विद्रोहपछि नेतृत्व परिवर्तन गर्ने प्रयासमा रहेका थापाले सभापति शेरबहादुर देउवासहित एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’ले पनि राजनीतिबाट बिदा लिनुपर्ने अभिव्यक्ति दिएका थिए।

काँग्रेस प्रवक्ता महतले यस्ता अभिव्यक्तिले पार्टीलाई कमजोर पार्ने बताएका हुन् । कुनै पनि माध्यमबाट अर्को नेतृत्व आउनुपर्छ भन्नेमा ज्यादा ध्यान जाँदा पार्टीलाई एकताबद्ध गरेर लाने कुरामा पनि समस्या ल्याएको उनको भनाइ छ ।

अहिलेको अवस्थामा पार्टीको एकता सबैभन्दा बढी महत्त्वपूर्ण कुरा रहेको उल्लेख गर्दै पार्टी सभापतिले कार्यवाहक तोकेर अबको महाधिवेशनमा सभापति नउठ्ने घोषणा गर्दा पनि नेतृत्वको बहस हुनु उचित नभएको बताए।

You may also like